म हुँ एक जनता यस देशको, मानव विश्व जगतको
म नै हूँ रे सर्वश्रेष्ठ प्राणि जगमा सारा सृष्टि मध्येको
मेरा खातिर व्रह्मा विष्णुदेवले सारा संसार रचे रे
मेरै खातिर फेरी यहाँ सारा सृष्टिचक्र चल्छन् रे
वहन्छन शितल हावा यहाँ, चिसो जल वग्दछन
फुल्छन हजारौं फुलहरु अनि पन्छीहरु नाच्दछन
लाग्छन कोमल पालुवाहरु, मिठो फल फल्दछन
मेरै ज्योतिका खातिर यहाँ चन्द्रसुर्य उदाउँछन
मेरा जीवनका खातिर यहाँ वेद-पुराण लेखिए
मेरै ज्ञानका खातिर फेरी वाइवल-कुरान रचिए
मेरा मुक्तिका खातिर यहाँ जिसस क्राइष्ट झुण्डिए
मेरै शान्तिका खातिर फेरी यहाँ गौतम वुद्द जन्मिए
लाखौं नेता अनि कार्यकर्ताहरु, मेरै लागि लड्दछन
सयौं हजारौं सहिदहरु पनि यहाँ मेरै लागि मर्दछन
लाखौं सेना र पुलिसहरु ती मेरै लागि खट्दछन
मेरै उद्दारका खातिर यहाँ लाखौं वली चड्दछन
तैपनि मेरा नयनहरुमा आँसु कहिल्यै सुकेनन
मेरा यी सुख्खा अधरहरुमा मुस्कान अझै छाएनन
मेरा खातिर फुल्ने फुलहरु यहाँ बिष वमन गर्दछन
कौइलीहरु पनि हिजो -आज शोक ध्वनी गाउँदछन
कल कल बग्ने नदिहरु यहाँ भेल वाढी ल्याउदछन
सिर सिर वग्ने हावाहरु पनि हुरी वतास ल्याउदछन
मेरा अधिकारका खातिर लड्नेहरु मलाई नै वन्धक वनाउँछन
मेरै खातिर खट्ने रक्षकहरु पनि मलाई नै भक्षण गर्दछन
मेरा खातिर मै लूटिने भए सुरक्षाको अर्थ के ?
मेरै खातिर मै मारिने भए आन्दोलनको अर्थ के ?
पल पल मर्दै बाच्नु परे जीवनको अर्थ के ?
मान्छे कै शत्रु मानव भए मानवताको अर्थ के ?
Showing posts with label कबिता / आवाज. Show all posts
Showing posts with label कबिता / आवाज. Show all posts
Subscribe to:
Posts (Atom)